• Trending:

सत्ताधारी दलको बैठक बस्दै, विश्वासको मत र प्रदेश सरकार गठन मुख्य एजेन्डा

सत्ताधारी दलको बैठक बस्दै, विश्वासको मत र प्रदेश सरकार गठन मुख्य एजेन्डा

Economist Nepal

Sun, Push 24 2079

सत्ताधारी दलको बैठक बस्दै, विश्वासको मत र प्रदेश सरकार गठन मुख्य एजेन्डा

काठमाडौं । सत्तागठबन्धनमा आबद्ध दलको आज बैठक बस्ने भएको छ । बैठक अहिले बिहान बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने तय ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार, बैठकमा प्रधानमन्त्रीले संसदमा लिन लागेको विश्वासको मत र प्रदेश सरकारबारे छलफल हुने एजेन्डा छ ।

कांग्रेससँगको गठबन्धन त्यागेर एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पर्सि अर्थात् पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

त्यसैगरी, आजको बैठकमा प्रदेश सरकार गठनबारे पनि छलफल हुने जनाइएको छ । प्रदेशसभा निर्वाचन सम्पन्न भएको दुई महिना पूरा हुन लागे पनि अहिलेसम्म कुनै पनि प्रदेशमा सरकार गठन भएका छैनन् । आजको बैठकमा कुन प्रदेशमा कसको नेतृत्वमा सरकार गठन गर्नेलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रदेश १ मा मुख्य मन्त्रीमा दाबी गर्ने आज अन्तिम दिन हो । प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएका छन् ।

त्यसैगरी बागमती र गण्डकी प्रदेश सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने म्याद भोलि २५ गतेसम्म छ । यहाँ पनि एमाले र माओवादी दुवैले आफ्नो दाबी गरेका छन् ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा २७ गतेभित्र तथा मधेशमा २८ गते मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न समय दिइएको छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.