• Trending:

ललिता निवास प्रकरणको विवरण सार्वजनिक गर्न गृहमन्त्री लामिछानेलाई पूर्वसचिव त्रितालको चुनौती

ललिता निवास प्रकरणको विवरण सार्वजनिक गर्न गृहमन्त्री लामिछानेलाई पूर्वसचिव त्रितालको चुनौती

Economist Nepal

Mon, Push 25 2079

ललिता निवास प्रकरणको विवरण सार्वजनिक गर्न गृहमन्त्री लामिछानेलाई पूर्वसचिव त्रितालको चुनौती

काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले बालुवाटारस्थित ललिता निवासको जग्गामा भएको भ्रष्टाचारको अनुसन्धान विवरण सार्वजनिक गर्न चुनौती दिएका छन् ।

समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस जारी गर्दै त्रितालले उक्त प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले गरेको अनुसन्धानको विवरण सार्वजनिक गरेर देखाउन रविलाई चुनौती दिएका हुन् ।

यो काम गर्नु उनको लागि अवसर र चुनौती दुवै भएको त्रितालले बताएका छन् । लामिछानेले आज संसदको पहिलो बैठकमा जुनसुकै भ्रष्टाचारको घटनाविरूद्ध निर्मम भएर लाग्ने प्रतिबद्धता जनाएका थिए । उनको सो भनाई निकै महत्वपूर्ण भएको भन्दै त्रितालले सो काम गरेर उक्त भनाईलाई गराईमा परिणत गर्न चुनौती दिएका हुन् ।

‘अघिल्ला दुई सरकारले रोकेको बालुवाटारस्थित ललिा निवासको जग्गामा भएको किर्ते र ठगी सम्बन्धी सीआइबी गरेको अनुसन्धानको विवरण सार्वजनिक गरेर(समय सकिएकोले सायद सो मुद्दा अदालतमा पेश हुन त सक्दैन होला) देखाउन सक्नु भएमा भनाइ र गराइका बीचको वास्तविकता थाहा हुन सक्ने थियो,’ उनले लेखेका छन् ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.