काठमाडाैं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४६.७६ अंक बढेर २२११.३८ विन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.६१ अंक र फ्लोट इण्डेक्स ३।४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंक बढेको छ ।
सोमबार नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ । आइतबार करिब साढे ५ अर्बको शेयर खरिदबिक्री भएकोमा आज २५७ कम्पनीको ७४ हजार ५४३ पटकको कारोबारमा १ करोड ४६ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज १३ उपसमूहमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.९४ प्रतिशत बढेको छ । त्यस्तै विकास बैंक, वित्त र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
सोमबार ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज स्वाभिमान लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ३.५७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा सोमबार रिडी पावर शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको २० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । ङादी ग्रुपको १६ करोड ९६ लाख एनआईसी एशिया बैंकको १६ करोड ७८ लाख, शिभम् १३ करोड १ लाख र नबिल १२ करोड रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।