• Trending:

सरकारी कार्यालयबाट हुने ढिलासुस्ती सहन्नौं – प्रधानमन्त्री प्रचण्ड

सरकारी कार्यालयबाट हुने ढिलासुस्ती सहन्नौं – प्रधानमन्त्री प्रचण्ड

Economist Nepal

Tue, Push 26 2079

सरकारी कार्यालयबाट हुने ढिलासुस्ती सहन्नौं – प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी कार्यालयबाट हुने ढिलासुस्ति स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले नागरिकता, राष्ट्रिय परिचयपत्र,राहदानी, लाइसेन्स र लालपुर्जा वितरणमा देखिएको ढिलासुस्तीप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै अब त्यस्तो हुन नदिने प्रतिवद्धता जनाएका हुन् ।

‘सरकारी निकायबाट हुने सेवासुविधाप्रति नागरिक स्तरमा व्यापक गुनासो देखिएको छ । विकास निर्णाममा देखिएको अनिमियतता, कमिसन, भ्रष्टाचारको विषयमा सरकार चुप लागेर बस्ने छैन’, उनले भने, ‘सरकारी कार्यालयबाट हुने सेवासुविधा चुस्तदुरुस्त बनाउन मैले सचिवहरूलाई निर्देशन दिइसकेको छु । म तेस्रोपटक सिंहदरबारको भित्तामा नाम लेखाउन आएको होइन । केही काम गरी नाम लेखाउन आएको अठोटसाथ आएको हुँ ।’

यस्ता छन् प्रधानमन्त्रीको प्रतिवद्धता

  • ६ महिनाभित्र नागरिकतासम्बन्धी समाधान
  • एक वर्षभित्र सबैलाई राष्ट्रिय परिचयपत्र वितरण
  • ०४६ साल यताका सबै भ्रष्टाचारका फाइल खोल्ने
  • निजी क्षेत्रको लगानी प्रवद्र्धन गरी आर्थिक समृद्धि हासिल गर्ने
  • ठेक्कापट्टामा छिटोछरितो र जवाफदेही बनाउने
  • स्वदेशी उत्पादन बढाउन प्रोत्साहन गर्ने
  • स्वदेशमै मल कारखाना स्थापना गर्ने
  • दुई वर्षभित्र सबै पालिका–केन्द्र जोड्ने पक्की सडक बनाउने
  • भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.