काठमाडौं । जिल्ला अदालत तनहुँले बालिका करणी आाराेपमा पल शाहलाई प्रमाण नपुगेकाे भन्दै सफाइ दिएकाे घटनामाथि सामाजिक सञ्जालमा प्रतिक्रियाहरू आाउन थालेका छन् ।
नायिका पूजा शर्माले जिल्ला अदालतकाे फैसलाले आफ्नाे खुसीले सीमा नै नरहेकाे लेखेकी छन् । पलमाथि नाबालिका करणी आराेप लागेदखि नै साथ दिने नायिका हुन् पूजा । जसका कारण उनले चर्काे आलाेचनासमेत झेलेकी थिइन् ।
“जहिले तिम्राे साथमा थिएँ । अहिले खुसीकाे सीमा रहेन,” पलबारे जिल्ला अदालत, तनहुँबाट फैसला आएलगत्तै उनले लेखेेकी छन् ।
कलाकार पृष्ठभूमिका अन्य धेरै कलाकारले पनि यसबारे धारणा सार्वजनिक गरेका छन् ।
एक बालिकाले करणी आराेप लगाउँदै तनहुँ र नवलपरासी अदालतमा फरक फरक रिट दायर गरेपछि पल पुर्पक्षका लागि जेल परेका थिए । नवलपरासी अदालतले साे घटनामा जेल सजाय सुनाएकाले उनी तनहुँकाे फैसलाले रिहा भने हुने छैनन् ।