काठमाडाैं । सभामुखको भूमिकामा रहेका जेष्ठसदस्य पशुपति शम्सेर राणाले माग १ गते भएको पोखरामा भएको विमान दुर्घटनाको वास्तविकताबारे र अहिले सरकारका तर्फबाट भइरहेका पछिल्लो अवस्थाबारे जानकारी गराउन रूलिङ गरेका छन् ।
विहीबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा विपक्षी सांसदहरूले विमान दुर्घटनाको सत्यतथ्यबारे जानकारीको माग गरेपछि सभामूखले सो रूलिङ गरेका हुन् ।
सभामूखको रूलिङपछि सरकारको तर्फबाट नागरिक उड्ययन तथा पर्यटनमन्त्री सुदन किराँतीले सरकारको तर्फबाट भइरहेको कामको प्रगतिविवरण प्रस्तुत गरेका छन् ।
सदनलाई जानकारी गराउँदै मन्त्री किराँतीले मृत्यु भएकाहरूको काठमाडैंको शिक्षणअस्पललमा पोष्टमार्टमको काम भइरहेको, घटनाको छानविन गर्न पाँच सदस्य उच्चस्तरीय समिति गठन गरिएको र अन्तिरिक हवाइ उडानलाई प्रभाकारी बनाउन प्राधिकरणलाई निर्देशन दिएको जानकारी गराए ।