काठमाडौं । आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हटेको छ । राष्ट्र बैंकले बिहीबार एकीकृत परिपत्र जारी गर्दै केन्दीय बैंकले सबै प्रकारको नगद मार्जिनको व्यवस्था हटाएको जनाएको छ ।
केन्द्रीय बैंकले विदेशी विनिमय सञ्चितिमा दवाव परेको भन्दै एक वर्षदेखि ५० देखि शत प्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको थियो ।
आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हटेसँगै अब व्यवसायीहरूले कुनै पनि प्रकारको नगद मार्जिन राख्नुपर्ने बाध्यता हटेको छ । व्यवसायीहरूले सरकारलाइ केही समयदेखि नै आयातमा लगाएको मार्जिन हटाउन दवाव दिँदै आएको थियो ।
Comments
Related News