• Trending:

आत्मदाह प्रहरणमा शेखर– घटना दोहोरिन नदिनेतर्फ सोच्ने कि सत्ताको अंकगणितमा अल्झिने ?

आत्मदाह प्रहरणमा शेखर– घटना दोहोरिन नदिनेतर्फ सोच्ने कि सत्ताको अंकगणितमा अल्झिने ?

Economist Nepal

Wed, Magh 11 2079

आत्मदाह प्रहरणमा शेखर– घटना दोहोरिन नदिनेतर्फ सोच्ने कि सत्ताको अंकगणितमा अल्झिने ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रेमप्रसाद आचार्य आत्मदाह  प्रकरण  राज्यका लागि लज्जा भएको टिप्पणी गरेका छन् ।

संसद भवनअगाडि मंगलबार आफ्नै शरीरमा आगो लगाएर इलामका ३७ वर्षीय आचार्यको आत्मदाह प्रयास गरेका थिए । मंगलबार उद्धार गरेर अस्पताल पुर्याइएका उनको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनालाई लिएर सिंगो राष्ट्र तरंगित बनिरहेका बेला कोइरालाले यसबारे टिप्पणी गरेका हुन् । उनले अब पनि सत्ताको अंकगणितमा लाग्ने कि यस घटनाको पछाडिको कारणबारे बहस गरेर यस्ता घटना पुनारावृत्ति हुन नदिने भनी प्रश्न गरेका छन् ।

उनले प्रश्न गरेका छन्, ‘हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणवारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने ?’

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.