• Trending:

धमलापत्नी एलिजाले किन रोजिन् क्षेत्रीय दल ?

धमलापत्नी एलिजाले किन रोजिन् क्षेत्रीय दल ?

Economist Nepal

Sat, Magh 14 2079

धमलापत्नी एलिजाले किन रोजिन् क्षेत्रीय दल ?

काठमाडौं । पत्रकार ऋषि धमलापत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्ने भएकी छन्। कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेकी एलिजा आकस्मिक रूपमा सो दल प्रवेश गर्न लागेकी हुन् ।

उनलाई सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एक समारोहबीच पार्टीमा स्वागत गर्दै छिन् ।

कलाकारसमेत रहेकी गौतम सोही प्रयोजनका लागि रूपन्देही पुगेको र पत्रकार सम्मेलनमार्फत त्यसको जानकारी दिने तयारी गरिएको स्रोतले जनाएको छ ।

एक फिल्म र विभिन्न म्युजिक भिडियोमा अभियन गरेकी गौतम यसअघि कुनै पनि पार्टीमा सहभागी थिइनन् । गौतम एकाएक क्षेत्रीय दल प्रवेश गर्न लागेको विषयलाई आश्चर्यका साथ हेरिएको छ । गौतम पति ऋषिको चाहनामा क्षेत्रीय दल प्रवेश गर्न लागेको बताइन्छ । गौतम मन्त्री हुने सहमतिबमोजिम सो पार्टी प्रवेश गर्न लागेको चर्चा भइरहेका छन् । संविधानतः गैरसांसद ६ महिनासम्म मन्त्री हुन पाउँछन् ।

तर नागरिक उन्मुक्ति पार्टीले हालसम्म सरकारमा जाने निर्णय गरेको छैन । उसले सरकारमा सहभागिताका लागि पार्टीका संस्थापक नेता रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ । चौधरी कैलाली घटनामा अदालतबाट दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका छन् ।

मन्त्री हुने गरी दल प्रवेश गरेको विषयमा स्वयं एलिजा र नागरिक उन्मुक्ति पार्टीले केही बताएका छैनन् ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.