काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालवीच बालुवाटारमा भेटघाट भइरहेको छ ।
माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा एमालेप्रति नरम हुन नसक्ने निष्कर्ष निकाले लगत्तै उनीहरुवीच भएको भेटलाई महत्वका साथ हेरिएको छ ।
सरकार गठनका लागि दुई पार्टी एकै गठबन्धनमा भएपनि एकअर्कावीच विस्वासको वातावरण बन्न सकेको छैन । माओवादी केन्द्रले एमालेको हातमा शक्ति केन्द्रीत हुन दिन नहुनेमा जोड दिएको छ ।
यसै सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरुवीचको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गैरसांसदको हैसियतले गृह मन्त्रीको रुपमा पुर्नवहाली गर्ने विषयले पनि प्रवेश पाउने अनुमान गरिएको छ ।
The post बालुवाटारमा प्रचण्ड–ओली ‘फेस टु फेस’ appeared first on NepalWatch.