काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्रसमेत रहेको गोरखामा दिनेशसागर भुसाल प्रमुख जिल्ला अधिकारी भएर गएका छन् ।
यसअघिका सिडिओ शंकरहरि आचार्य कपिलवस्तु सरुवा भएपछि सिराहाका लालबाबु कवारीलाई सिडिओको रुपमा पठाउने निर्णय भएको थियो ।
विवादका कारण कवारीलाई फिर्ता गरिएपछि उनको ठाउँमा भुसालाई पठाइएको हो । गृहमन्त्रीकोसमेत जिम्मेवारी लिएका प्रचण्डले भुसाललाई सिडिओ बनाएर पठाएका हुन् ।
भुसाल यसअघि कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्रालयका सचिव थिए । २०७३ मा प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा उनी सचिवालयमा थिए ।
Comments
Related News