• Trending:

गृहका विवादित प्रवक्ता फेरिए, बस्नेतलाई जिम्मेवारी

गृहका विवादित प्रवक्ता फेरिए, बस्नेतलाई जिम्मेवारी

Economist Nepal

Mon, Magh 23 2079

गृहका विवादित प्रवक्ता फेरिए, बस्नेतलाई जिम्मेवारी

काठमाडौं। सरकारले गृह मन्त्रालयको प्रवक्ता परिवर्तन गरेको छ । यसअघि सहसचिव फणिन्द्रमणि पोखरेलले गृह मन्त्रालयको प्रवक्ता र शान्ति सुरक्षा महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री प्रचण्डले सहसचिव जितेन्द्र बस्नेतलाई प्रवक्ताको जिम्मेवारी तोकेका हुन् । यस्तै उनलाई सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको समेत जिम्मेवारी दिइएको छ ।

यसअघिका प्रवक्ता फणिन्द्र पोखरेलले एक अभियुक्त समाउन प्रहरीलाई निर्देशन दिदा निर्देशन नमानेको भन्दै विज्ञप्ती निकालेका थिए । उक्त विज्ञप्तीसँगै उनको आलोचना भएको थियो ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.