• Trending:

चालु खाता घाटा २९ अर्ब ४७ करोड, शोधनान्तर ९७ अर्ब १० करोडले बचतमा

चालु खाता घाटा २९ अर्ब ४७ करोड, शोधनान्तर ९७ अर्ब १० करोडले बचतमा

Economist Nepal

Mon, Magh 23 2079

चालु खाता घाटा २९ अर्ब ४७ करोड, शोधनान्तर ९७ अर्ब १० करोडले बचतमा

काठमाडाैं । चालु आर्थिक वर्ष ०७९/८० को पुससम्ममा चालु खाता २९ अर्ब ४७ करोड  रूपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५२ अर्ब १६ करोडले घाटामा रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ३३ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.१ प्रतिशतले कमी आई ४ अर्ब ४३ करोड रूपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाख रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ४८ करोड रूपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ३४ करोड रूपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२४१ अर्ब २३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७३ करोड ४४ लाखले बचतमा रहेको छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.