• Trending:

पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालत पोखराको आदेश

पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालत पोखराको आदेश

Economist Nepal

Mon, Magh 23 2079

पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालत पोखराको आदेश

काठमाडाैं।  नाबालिक बलात्कार अभियोगमा जेल जीवन बिताइरहेका अभिनेता पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालत पोखराले आदेश दिएको छ ।

जिल्ला अदालत नवलपरासी पूर्वले शाहलाई नाबालिक बलात्कार मुद्दामा बाल योन दुरूपयोग आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । उक्त फैसलाविरूद्ध अभिनेता शाहले दिएको पुनरावेदनमाथि छलफल गर्दै सोमबार उच्च अदालतले निवेदन दिएकोमा प्रत्यर्थी झिकाउने आदेश दिएको हो ।

उच्च अदालतले दुबै तर्फकालाई उपस्थित गराउन आदेश दिएको छ ।

अभिनेता शाहले तनहुँ जिल्ल्ला अदालतबाट भने सफाइ पाइसकेका छन् ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.