काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी विदा धेरै हुँदा सरकारी काम नै प्रभावित बनेको बताएका छन् ।
उनले मंगलबार प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा सरकारी विदामा पुनर्विचार गर्नुपर्नेसमेत औल्याएका छन् । दाहालले सरकारी विदाले गर्दा जनताको काम गर्ने समय नै कम भएको बताउँदै यसमा मन्त्रिपरिषदले छलफल गरीरहेको जानकारी दिए ।
‘सरकारी विदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ,’ उनले भने, ‘सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ। गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ,’ ।
Comments
Related News