• Trending:

बेलायतमा बाहिरबाट आएका विद्यार्थीलाई परिवार ल्याउन प्रतिबन्ध

बेलायतमा बाहिरबाट आएका विद्यार्थीलाई परिवार ल्याउन प्रतिबन्ध

Economist Nepal

Sun, Falgun 14 2079

बेलायतमा बाहिरबाट आएका विद्यार्थीलाई परिवार ल्याउन प्रतिबन्ध

काठमाडौ‌ं । बेलायतले विदेशबाट पढ्न आएका विद्यार्थीका परिवारलाई ल्याउन प्रतिबन्ध लगाउने तयारी गरेको छ । परिवारका सदस्य जस्तै पती वा पत्नी वा सन्तान ल्याउन नदिने गरि नीति ल्याउने तयारी गरेको हो ।

द टाइम्सका अनुसार विज्ञानन, गणित र इञ्जिनियरि गरिरहेका विद्यार्थीलाई पनि डिपेन्डेन्ट ल्याउने सुविधा दिन लागिएको छ । मास्टर्स डिग्री वा पिएचडीसम्मको अध्ययनमा रहेका विद्यार्थीले मात्रै आफ्नो परिवारको सदस्य बेलायत लैजान पाउने छन् ।

अध्यागमनको तथ्यांकअनुसार गत वर्ष मात्रै पाँच लाखख बराबर विद्यार्थीले भिसा पाएका छन् । उनीहरुसँग एक लाख ३५ हजार सात सय ८८ जना आश्रित छन् । जुन अघिल्लो वर्षको १६ हजार ४७ जनाभन्दा बढी हो । नेपालबाट पनि थुप्रै विद्यार्थी अध्ययनका लागि बेलायत जाने क्रम बढेको छ । एजेन्सी

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.