• Trending:

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रुपन्देहीबाट पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रुपन्देहीबाट पक्राउ

Economist Nepal

Wed, Saun 11 2079

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रुपन्देहीबाट पक्राउ

https://kharibot.com/news-details/115816/kharibot

रूपन्देही । बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ घर भई हाल काठमाडौं  टोखा बस्ने ३४ वर्षीय कृष्ण बाहादुर शाही छन् । उनलाई  आइतबार प्रहरीले पक्राउ गरेको हो । 

उच्च अदालत पाटनले २०७७ जेठ २६ गते उनलाई बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १३ लाख २० हजार रूपैयाँ  जरिवाना ठहर गरेको थियो । 

त्यसपछि फरार रहेका शाहीलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले रुपन्देही सैनामैना नगरपालिका दुधराक्षबाट फेला पारी पक्राउ गरेको हो । 

शाहीले २०७५ चैत्र ०५ गते एनसिसि बैंक लिमिटेड काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारेका थिए । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.