• Trending:

हेटौडामा सालका रूख कटान गरेको आरोपमा ७ जना पक्राउ

हेटौडामा सालका रूख कटान गरेको आरोपमा ७ जना पक्राउ

Economist Nepal

Wed, Saun 11 2079

हेटौडामा सालका रूख कटान गरेको आरोपमा ७ जना पक्राउ

https://kharibot.com/news-details/115821/kharibot

वाग्मती । मकवानपुरको हेटौडास्थित एक सामुदायिक  वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको आरोपमा सातजनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ ।

हेटौडा उपमहानगरपालिका–१४ डाइभर डाँडामा रहेको सामुदायिक वन भित्रका साना तथा ठूला गरी हरिया सालका रूख कटान गरेको आरोपमा  वन समितिका सात जनालाई पक्राउ गरिएको हो ।

सो वडाको निमार्णाधीन भ्यूटावर हाताभित्र हरियो मध्यवर्ती सामुदायिक वन मासेको आरोपमा पक्राउ गरिएको बताइएको छ ।

चुरियामाई उपभोक्ता समितिअन्तर्गत रहेको मध्यवर्ती सामुदायिक वनमा  रूख कटानी भएको विशेष जानकारी पाइएपछि पर्सा वन्यजन्तु आरक्षले मध्यवर्ती सामुदायिक वन समितिका पदाधिकारीसहितलाई पक्राउ गरेको जनाइएको छ ।

आरक्षका सहायक वार्डेन सन्तोष भगतका अनुसार पक्राउ परेकाहरुलाई म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

उनले पक्राउ परेका  सातमध्ये  दुईजना ज्येष्ठ नागरिक रहेकाले निजका परिवारको रहोवरमा छाडिएको बताए ।

उक्त घटनाको  अनुसन्धान भइरहेकाले  पक्राउ परेकाहरुको परिचय खुलाउन आरक्षले नमानेको बताइएको छ । 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.