• Trending:

भैरहवाको विमानस्थलमा भियतनामको चार्टर्ड विमान

भैरहवाको विमानस्थलमा भियतनामको चार्टर्ड विमान

Economist Nepal

Wed, Saun 11 2079

भैरहवाको विमानस्थलमा भियतनामको चार्टर्ड विमान

https://kharibot.com/news-details/115822/kharibot

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट चार्टर्ड फ्लाइट आएको छ । भियतनामबाट प्राइभेट विमान काठमाडौँ हुँदै दिउँसो सवा १ बजे भैरहवा आएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठाउँ नभएकाले पार्किङका लागि विमान भैरहवा आएको हो । व्यापारिक प्रयोजनका लागि व्यापारीलाई लिएर आएको विमानले यात्रुहरूलाई काठमाडाैंमै अवतरण गराई पाँच दिनका लागि भैरहवा आएको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए । 

एचएआई ४९९ कलसाइनको यो विमान १ अगस्टमा भैरहवाबाट काठमाडाैं जाने छ । काठमाडौँ हुँदै पुनः भियतनाम फर्कने विमानको उडान तालिका छ । विमानमा दुई सेट प्राविधिक छन् । हो । यसअघि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडानमात्रै हुँदै आएका थिए ।

२८ वैशाखमा भारतीय सेनाको जहाज सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) लिएर भैरहवा आएको थियो । २ जेठदेखि व्यावसायिक सञ्चालनमा आएको विमानस्थलमा जजिरा एयरवेजले सातााको तीन उडान गर्दै आए पनि अन्य उडान भने हुन सकेको छैन । अन्य एयर कम्पनीहरूले चासो देखाए पनि उडान भने सुरु गर्न सकेका छैनन् । 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.