काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले एसइई परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।
यो वर्ष चार जीपिए ल्याउने परीक्षार्थीको संख्या ९ हजार ६३३ जना रहेको परीक्षा बोर्डले जानकारी दिएको छ ।
यस पटकको एसइई परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए । परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको थियो ।
एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि केहीबेरमा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । परीक्षा नियन्त्रण कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।