• Trending:

बागमती प्रदेशसभा- साढे चार वर्षमा ७० विधेयक पारित

बागमती प्रदेशसभा- साढे चार वर्षमा ७० विधेयक पारित

Economist Nepal

Wed, Saun 11 2079

बागमती प्रदेशसभा- साढे चार वर्षमा ७० विधेयक पारित

https://kharibot.com/news-details/115845/kharibot

बागमती । बागमती प्रदेश प्रदेशसभाले विगत साढे चार वर्षको अवधिमा ७० वटा विधेयक पारित गरेको छ ।

सो सभाबाट मूल विधेयक ५५ वटा तथा संशोधन विधेयक १५ वटा गरी कूल ७० वटा विधेयक पारित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी सिएका छन् ।

त्यसैगरी ६६ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भइसकेको उनले भने ।

प्रदेशसभाबाट वटा अध्यादेश पारित गरेको तथा तीन वटा विधेयक  विविध कारणले स्वीकृत हुन नसकेको बताइएको छ ।

सङ्घीय सरकारले कतिपय ऐन नबनाउँदा प्रदेश सरकारले चाहेर पनि आवश्यक ऐन बनाउन नसकेको उनका गुुनासो  रहेको छ ।

प्रदेशसभाको वैठक हालसम्म दुई सय ८८ घण्टा २० मिनेट बसेको सो प्रदेशसभाले जनाएको छ ।

त्यसैगरी हालसम्म प्रदेशसभामा ११ वटा शुन्य समय तथा २९ वटा विशेष समयको कार्यक्रम राखिएको बताइएको छ ।

 

मूलतः नीति कार्यक्रम र बजेट निर्माणमा केन्द्रित रहेको प्रदेशसभाको दशौँ अधिवेशनमा मूल विधेयक तीन वटा र संशोधन विधेयक तीन वटा तथा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक एक वटा पारित भएको सभामुख श्रेष्ठले बताए । यस्तै तीन वटा प्रतिस्थापन विधेयक पारित हुन नसकेको बताइएको छ । 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.