काठमाडौं । यु-२० पुरुष साफ च्याम्पियनसिप अन्तर्गत भारतले पहिलो जित हासिल गरेको छ । भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा भएको पहिलो खेलमा आयोजक भारतले श्रीलंकालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
भारतले दोस्रो खेलमा पहिलो जित हासिल गरेको हो । यसअघि बुधबार भएको खेलमा भारत बंगलादेशसँग २–१ अन्तरले पराजित भएको थियो ।
यता, श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १-० र नेपालसँग ३-० अन्तरले पराजित भएको थियो ।
यता, दोस्रो खेलमा माल्दिभ्स र बंगलादेश भिड्दैछन् । बंगलादेश लगातार तेस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लिन चाहन्छ । जितसँगै बंगलादेश शीर्षस्थानमा रहँदै फाइनल नजिक हुन चाहन्छ । माल्दिभ्स भने पहिलो जित निकाल्ने दाउमा छ । माल्दिभ्स पहिलो खेलमा नेपालसँग ४-० अन्तरले पराजित भएको थियो । खेल नेपाली समयअनुसार राति सवा ७ बजे सुरु हुनेछ ।
जारी प्रतियोगिता २ खेलबाट समान ६ अंक भएपनि नेपाल गोलअन्तरको आधारमा शीर्षस्थानमा छ भने सामना अंकका साथ बंगलादेश दोस्रो स्थानमा छ । यस्तै भारत २ खेलमा ३ अंकसहित तेस्रो स्थानमा उक्लेको छ भने माल्दिभ्स र श्रीलंका अंकविहीन छन् । तालिकाको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि यु-१८ र यु-१९ को आधारमा भएको प्रतियोगिता पहिलो पटक यु-२० को आधारमा भएको हो । नेपाल दुई पटकको च्याम्पियन हो भने भारत साविक विजेता हो ।