काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन फेरि एकपटक कोरोना संक्रमित भएका छन् ।
यससँगै चिकित्सकको सल्लाहमा उनी फेरि आइसोलेसनमा रहनेछन् । केही दिनअघि राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण भएको थियो ।
राष्ट्रपतिका चिकित्सक केभिन ओ’कोनरले शनिबार ७९ वर्षीय जो बाइडेनलाई एन्टिजेन परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको बताए । ह्वाइट हाउसले अमेरिकी राष्ट्रपतिले कडा आइसोलेसन प्रक्रियालाई निरन्तरता दिने बताएको छ।
ह्वाइट हाउसले बाइडेनले आइसोलेसनका प्रक्रियाहरू पालना गरिरहने र उपचार पुन: सुरु गर्ने अवस्था नरहेको बताएको छ ।
राष्ट्रपति बाइडेनलाई यसअघि जुलाई २१ मा कोरोना संक्रमण पुष्टि भएको थियो । बाइडेनअघि उपराष्ट्रपति कमला ह्यारिससहित ह्वाइट हाउसका धेरै अधिकारीहरु कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।