काठमाडौं । यु २० साफ च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भारतबीच खेल हुदै छ ।
भारतको भुवनेश्वरमा जारी यू-२० साफ च्याम्पियनसिपमा नेपाली समय अनुसार साँझ ७ बजे नेपाल र भारतबीच खेल हुदै छ ।
अहिलेसम्म नेपाल यस प्रतियोगितामा अपराजित रहेको छ । यस अघि खेलेका दुई खेलमा नेपालले जित हासिल गर्दै प्रतियोगितामा अपराजित रहेको हो ।
नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
त्यसैगरी भारत भने पहिलो खेलमा बंगालदेशसँग २-१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ४-० ले पराजित गरेको थियो ।
आजको खेलमा जित हासिल गरेमा नेपालले फाइनलको यात्रा लगभग सुनिस्चित गर्ने छ भने भारतका लागि प्रतियोगितामा रहन यो खेल जित्नै पर्ने अवस्था रहेको छ ।
अहिलेसम्म नेपाल अंक तालिकामा २ खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ भने भारत २ खेलमा ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
त्यसैगरी बंगलादेशले ३ खेलमा तिनै खेल जितेर ९ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
अहिलेसम्म अंक विहिन रहेका श्रीलंका र माल्दिभ्स पनि आज खेल्दैछन् ।
नेपालले आफ्नो लिग चरण अन्तिम खेलमा बंगलादेशको सामना २ अगस्तमा गर्ने छ ।
लिग चरणमा शिर्ष दुई स्थानमा रहने देश फाइनल खेल्ने छन् । फाइनल खेल अगस्त ५ मा हुने तालिका रहेको छ ।