अङ्कारा । अनाज बोकेको पहिलो जहाज आज युक्रेनबाट प्रस्थान गर्ने उच्च सम्भावना रहेको स्पुतनिक समाचार एजेन्सीले टर्कीका राष्ट्रपतिका प्रवक्ता इब्राहिम कालिनलाई आइतबार उद्धृत गर्दै उल्लेख गरेको छ ।
“युक्रेनी अन्न बोकेको पहिलो जहाज सोमबार बिहान प्रस्थान गर्न सक्छ,” कालिनले भनेका छन् । यसअघि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले काला सागर हुँदै अनाजको निर्यात आगामी दिनमा शुरु हुने बताएका थिए ।
“आगामी दिनमा सामुद्रिक खाद्यान्न ढुवानी शुरु भएसँगै बढ्दो विश्वव्यापी खाद्य सङ्कटमा केही राहात पुग्नेछ,” एर्डोगनलाई उद्धृत गर्दै टास समाचार एजेन्सीले जनाएको छ ।
एर्दोगानले टर्कीले युक्रेनी सङ्कट कूटनीतिक तवरबाट समाधान गर्ने प्रयास जारी राख्ने पनि बताएका छन् ।
“हामी रुस र युक्रेन बीच शान्ति सुनिश्चित नभएसम्म कूटनीतिक प्रयास जारी राख्न संकल्पित छौं। निकट भविष्यमा हामी वार्ता र सबै तहका सम्पर्कहरू सहित उत्साहजनक समाचार प्राप्त गर्ने आशा गर्दछौं, “टर्कीका राष्ट्रपतिले भने।
यसैबीच, एक उच्चस्तरीय संयुक्त राष्ट्रसंघ व्यापार अधिकारीले युक्रेनसँगको सम्झौतापछि अनाज निर्यातमा परेका अवरोधहरू बुझ्न विश्व निकायले युरोपेली संघ, संयुक्त राज्य अमेरिका र रुसका साझेदारहरूसँग सम्पर्कमा रहने बताएका छन् ।