• Trending:

बाढीपहिरोले सडक बगाउँदा बेंसिसहर-चामे सडक अवरुद्ध

बाढीपहिरोले सडक बगाउँदा बेंसिसहर-चामे सडक अवरुद्ध

Economist Nepal

Mon, Saun 16 2079

बाढीपहिरोले सडक बगाउँदा बेंसिसहर-चामे सडक अवरुद्ध

https://kharibot.com/news-details/116351/kharibot

लमजुङ । आइतबार राति वर्षासँगै आएको बाढीपहिरोले सडक बगाएपछि मनाङ जाने एक मात्र बेंसिसहर-चामे सडक अवरुद्ध भएको छ ।

डुम्रे-बेंसीसहर-चामे सडक योजनाका सबइन्जिनियर सुमन अधिकारीका अनुसार मर्स्याङ्दीको रामबजार, घोप्टेभीर र कोतोमा पहिरोले सडक बगाएपछि सोमबार बिहानैदेखि सडक अवरुद्ध भएको हाे । 

पहिरोले सडक बगाएपछि चामेको कोतोमा मानिससमेत वारपार गर्न समस्या भएको अधिकारीले बताए । उनका अनुसार  कोतोमा २० मिटर जति सडक बगाएकाे छ। बाढीपहिरोले लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ रामबजार नजिकै घोप्टेभीरमा र मनाङको कोतोमा क्षति पुगेकाले बेंसीसहर-चामे सडक अवरुद्ध भएको हो ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.