काठमाडौं । यू-२० साफ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशविरुद्ध खेल्दै छन् । यो खेल नेपाली समय अनुसार अपराहन्न ४ बजे हुने छ ।
नेपालका लागि आजको खेल फाइनल पुग्न फराकिलो अन्तरमा जित्नै पर्ने रहेको छ ।
आइतबार भारतसँग ८-० गोल अन्तरको लज्जास्पद हार बेहोरेपछि नेपालको फाइनलमा पुग्ने सम्भावना कठिन देखिएको छ ।
अहिलेसम्म बंगलादेशले ३ खेलमा तिनै खेल जितेर ९ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै भारत ३ खेलमा २ जित र एक हारसहित ६ अंक हासिल गरेर गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै नेपाल ३ खेलमा २ जित र एक हारसहित ६ अंकसहित नेपाल तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै माल्दिभ्सको ३ खेलमा २ हार र एक बराबरीसहित एक अंक हासिल गरेर चौथो र श्रीलंकाले ४ खेलमा ३ हार र एक बराबरीसहित एक अंक हासिल गरेर पाँचौं स्थानमा छ ।
त्यस्तै भारतले पनि आज आफ्नो अन्तिम खेल माल्दिभ्सविरुद्ध खेल्ने छ । खेल नेपाली समय अनुसार साँझ ७ बजे हुने छ ।
त्यस्तै श्रीलंकाले आफ्ना चारै खेल खेलेर प्रतियोगिताबाट बाहिरिइसकेको छ ।
लिग चरणमा शिर्ष दुई स्थानमा रहने देश फाइनल खेल्ने छन् । फाइनल खेल आगामी शुक्रबार हुने तालिका रहेको छ ।