वेस्टइन्डिजमाथि भारतको ७ विकेटको जित
काठमाडौँ । जारी टी-२० सिरिजको तेस्रो खेलमा भारतले वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ ।
योसँगै भारतीय टोलीले पाँच खेलको टी–२० सिरिजमा २–१ को अग्रता बनाएको छ ।
वेस्टइन्डिजले दिएको १६५ रनको लक्ष्य पछाएको भारतले १९ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । सूर्यकुमार यादवले सर्वाधिक ७६ रन बनाए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । योसँगै ऋषभ पन्तले पनि २६ बलमा ३३ रनको शानदार इनिङ खेलेका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ५ विकेट गुमाउदै १६४ रन बनाएको थियो ।
अब सिरिजको चौथो खेल शनिबार हुने छ ।
Comments
Related News