निर्माणाधिन सुरुङ मार्ग नजिक पहिरो खस्यो
धादिङ । धादिङको निमार्णाधिन सुरुङमार्ग नजिकै पहिरो खसेको छ ।
पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण सवारी साधनलाई एक लेनमा आलोपालो चलाइएको छ ।
पहिरो झर्ने क्रम नरोकिएकाले दुईतर्फी सडक खुलाउन समस्या भइरहेको धादिङ प्रहरीले जनाएको छ ।