• Trending:

भारतमा कोरोनामा पुनः बृद्धि, २४ घण्टामा १७ हजारलाई संक्रमण

भारतमा कोरोनामा पुनः बृद्धि, २४ घण्टामा १७ हजारलाई संक्रमण

Economist Nepal

Wed, Saun 18 2079

भारतमा कोरोनामा पुनः बृद्धि, २४ घण्टामा १७ हजारलाई संक्रमण


भारतमा कोरोनामा पुनः बृद्धि, २४ घण्टामा १७ हजारलाई संक्रमण



kharibot

प्रतिनिधि तस्बीर

नयाँदिल्ली । बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १७ हजार एक सय ३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । 

देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाख ६७ हजार एक सय ४४ पुगेको छ ।  गत दुई दिनयता घटेको जस्तो देखिएको कोरोना सङ्क्रमित बुधबार प्रकाशित तथ्याङ्कअनुसार पुनः बृद्धि भएको देखिएको छ  ।

देशभर एक लाख ३७ हजार ५७ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी १९ हजार आठ सय २३ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३४ लाख ८३ तीन हजार  छ सय १० पुगेको छ । 

हिजो २४ घण्टाको अवधीमा कोरोना सङ्क्रमणबाट ४७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट पाँच लाख २६ हजार चार सय ७७ जनाको मृत्यु भएको छ । 

महामारी सुरु भएयता ८७ करोड ७६ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब चार करोड ८४ लाख ३० हजार  सात सय ३२ मात्रा खोप लगाइएको छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.