• Trending:

कोशी ब्यारेजका ५४ मध्ये ४६ ढोका खोलियो

कोशी ब्यारेजका ५४ मध्ये ४६ ढोका खोलियो

Economist Nepal

Thu, Saun 19 2079

कोशी ब्यारेजका ५४ मध्ये ४६ ढोका खोलियो


कोशी ब्यारेजका ५४ मध्ये ४६ ढोका खोलियो



kharibot

फाइल तस्बीर

सप्तरी । पुर्वी पहाडमा अविरल परेको बर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोशी नदी अनियन्त्रत भए पछि सप्तकोशी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन । 

सप्तकोशी ब्यारेज हुदैँ २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाबमा नियन्त्रण नआए पछि कोसी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको हो ।

सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेका अनुसार कोसी नदीले उदयपुरको बेलाका नगरपालिकास्थित डुम्रीबोटेको पश्चिम बस्तीतर्फ सोझिए पनि ब्यारेजबाट पानीको बहाब भने अझै कम भएको छैन ।

उनका अनुसार अविरल तथा तीव्र बहाबका कारण कोसीले उदयपुरमा २ हजार ५ सय भन्दा बढीलाई विस्थापित गरेको छ भने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- १३ गोबरगाढाको सामुदायिक भवन र विद्यालय भवन कटान गरी बगाएको छ । थप क्षतिको विवरण संकलन भईरहेको छ ।

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.