परराष्ट्रमन्त्रीलाई बैठकमा उपस्थित हुन संसदीय समितिको निर्देशन
काठमाडौँ । राज्यको निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समितिले परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई समितिको उपस्थित हुन निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले अमेरिकी स्टेट पार्टनरसिप पोग्राम (एसपीपी) सम्झौता अस्वीकार गर्न अमेरिकालाई सरकारले पठाएको पत्र सार्वजनिक गर्न माग गरेको हो ।
मन्त्री खड्का भने आजको बैठकमा उपस्थित भएनन् । समितिको सभापति निरादेवी जैरेले परराष्ट्रमन्त्रीले समितिको अपमान गरेको बताएकी थिइन् ।
यसैगरी, नेपाली कांग्रेसकी नेतृ लक्ष्मी परिवारले परराष्ट्रमन्त्रीको बचाउँ गर्दै मन्त्री खड्का बाढी पहिरोले डुबानमा परेका जिल्लाहरुको अवलोकन लागि गएको बताएकी थिइन् ।
त्यस्तै, नेकपा एमालेका नेता भीम रावलले परराष्ट्र मन्त्रालयले अमेरिका पठाएको पत्र संसदमा पत्र दिनुपर्ने धारणा राखेका थिए ।