परराष्ट्रमन्त्री डा. खड्का अर्को साता चीन भ्रमणमा जादै
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार चीन जान लागेका हुन् ।
परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच प्रतिनिधिमण्डलसहितको भेटवार्ता सान्दोङको छिङ्दावमा अगस्त १० बुधबार हुने भएको छ ।
खड्का बिहीबार नेपाल फर्किने कार्यक्रम छ ।
Comments
Related News