• Trending:

 उदयपुरमा बाढीपीडितलाई राहत

 उदयपुरमा बाढीपीडितलाई राहत

Economist Nepal

Fri, Saun 20 2079

 उदयपुरमा बाढीपीडितलाई राहत


 उदयपुरमा बाढीपीडितलाई राहत



kharibot

उदयपुर । उदयपुरको बेलका नगरपालिकाको विभिन्न स्थानमा  सप्तकोशी नदीको बाढी प्रवेश गर्दा विस्थापितलाई प्रदेश सरकारसहित विभिन्न क्षेत्रबाट राहत सहयोग गर्न थालिएको छ ।

नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङसहित प्रदेश नम्बर १ सरकारसहितका विभिन्न निकायबाट बाढीबाट विस्थापितलाई राहत दिइएको छ । उपमेयर जीरा राईका अनुसार जिल्ला प्रशासनबाट बाढी पीडितको लागि चाउचाउ, पानी, म्याट, भुजा, बिस्कुटसहितका सामग्री उपलब्ध गराइएको छ ।

प्रदेश १ सरकारबाट चामल, दाल, खाने तेल र नुन सहयोग दिइएको छ । 

बाढी पीडितलाई नगरको विभिन्न स्थानको विद्यालयमा राखिएको र उनीहरुलाई खान, बस्न र अन्य उपभोग्य सामग्रीको नपुग व्यवस्था नगरपालिकाले गरिरहेको छ ।

सोमबार र मङ्गलबार आएको सप्तकोशी नदीको बाढीले बेलकाको कोशी नदी तटीय क्षेत्रका सिसौलिया, डुम्रीबोट, सातपत्रे, एबिसी, श्रीलङ्का टापु, तपेस्वरी, करैया, भागलपुरसहितका स्थानका दुई हजार पाँच सय विस्थापित भएको नगरपालिकाले जनाएको छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.