• Trending:

जुम्लाका ३ वटा पालिकाले पेस गरेनन् बजेट

जुम्लाका ३ वटा पालिकाले पेस गरेनन् बजेट

Economist Nepal

Sat, Saun 21 2079

जुम्लाका ३ वटा पालिकाले पेस गरेनन् बजेट


जुम्लाका ३ वटा पालिकाले पेस गरेनन् बजेट



kharibot

जुम्ला । पालिकाले प्रत्येक आर्थिक वर्षको असार मसान्तसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको साइटमा बजेट पेस (अपडेट) गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

तर, जुम्लाका तीन वटा पालिकाले अझै मन्त्रालयको वेबसाइटमा बजेट अपलोड गरेको देखिँदैन । पालिकाले असार १० गतेसम्म गाउँ तथा नगर सभा गरेर असार मसान्तसम्म मन्त्रालयको वेबसाइटमा बजेट अपलोड गरिसक्नुपर्छ । तर, जुम्लाको चन्दनाथ नगरपालिका, पातारासी र हिमा गाउँपालिकाले बजेट अपलोड गरेका छैनन् । 

पालिकाले समयमै बजेट पेस नगरेर आफ्नो दायित्व र कर्तव्यबाट पछि हटेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता वसन्त अधिकारीले बताए । देशभरका सात सय ५३ वटा पालिकामध्ये अझै एक सय १५ वटा पालिकाले बजेट पेस गरेका छैनन् ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.