• Trending:

क्यामरूनका हजार सैन्य प्रशिक्षार्थी कै प्रमाणपत्र नक्कली

क्यामरूनका हजार सैन्य प्रशिक्षार्थी कै प्रमाणपत्र नक्कली

Economist Nepal

Fri, Saun 27 2079

क्यामरूनका हजार सैन्य प्रशिक्षार्थी कै प्रमाणपत्र नक्कली


क्यामरूनका हजार सैन्य प्रशिक्षार्थी कै प्रमाणपत्र नक्कली



kharibot

याउन्डे । क्यामरुनमा सैन्य तालिम लिइरहेका झण्डै एक हजार प्रशिक्षार्थीको प्रमाणपत्र नै नक्कली पाइएको छ ।

उनीहरु सबैको प्रमाणपत्र रद्ध गरिएको रक्षा मन्त्री जोसेफ बेती असोमोले बिहीबार जानकारी दिए । उनीहरुलाई भ्रष्टाचार गरेको आरोपमा कारबाही हुने पनि उनले बताए ।

सेनामा सन् २०२२ मा नयाँ भर्ना गर्नका लागि विज्ञापन आह्वान गरिएको र त्यसमा फाराम भरेर सैन्य तालिमका लागि छनौट भइ तालिम लिइरहेका मध्येकै व्यक्तिको प्रमाणपत्र नक्कली भेटिएको हो । 

क्यामरुनको सैनिकका प्रवक्ता सिरिल्ले सेर्ग अतोन्फाक गुएमोले यस्ता गलत कार्य गर्नेहरुलाई सैनिक निकायले स्विकार्न नसक्ने उल्लेख गर्नु भएको छ । उनले सामाजिक सञ्जाल मार्फत् सैन्य निकायको इज्जत र निष्ठामा आँच नआउने तर्फ आफूहरु सधैँ उच्च सतर्क रहेको पनि बताए । 

उनका अनुसार मध्य अफ्रिकी मुलुक म्यामरुनमा सैन्य प्रशिक्षार्थीको प्रमाणपत्र नै नक्कली भेटिएको यो पहिलो पटक हो ।

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.