निहारिकालाई भेटेपछि बालेनले भने- अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन, यो अत्याचार हो
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले निहारिका राजपूतलाई भेटेका छन् । बालेनले शनिबार टिचिङ अस्पताल पुगेर निहारिकालाई भेटेका हुन् ।
भेटपछि सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले बच्चाको डीएनए टेस्ट गर्ने सामान्य माग मात्र रहेकोले यति माग पुरा गर्न पनि एउटी आमाले जल्न तयार हुनु पर्ने ? भन्दै आक्रोश व्यक्त गरेका छन् ।
उनले भनेका छन्-
आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।
Comments
Related News