• Trending:

विवेकशील साझा पार्टीले गर्‍यो दल दर्ता

विवेकशील साझा पार्टीले गर्‍यो दल दर्ता

Economist Nepal

Tue, Saun 31 2079

विवेकशील साझा पार्टीले गर्‍यो दल दर्ता


विवेकशील साझा पार्टीले गर्‍यो दल दर्ता



kharibot

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन विवेकशील साझा पार्टीले पनि दल दर्ता गरेको छ । कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा मंगलबार दिउँसो विवेकशीले दल दर्ता गरेको छ । 

सरकारले आउँदो ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेपछि निर्वाचन आयोगले २२ साउनदेखि ३१ साउनसम्ममा उक्त निर्वाचनमा भाग लिन चाहने दलहरुलाई दल दर्ताको समय दिएको थियो । उक्त समयावधि आज मंगलबार सकिँदै छ । 

दद दर्ताको अन्तिम दिन मंगलबार अध्यक्ष समीक्षा बास्कोटा, संयोजक सञ्जीववल्लभ भट्टराई, संस्थापक नेता प्रकाशचन्द्र परियार, कार्यालय व्यवस्थापन उपप्रमुख नवराज थापासहितका नेताहरु आयोग पुगेर दल दर्ता गरेका हुन् । 

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.