प्रि–ओपन सेसनमा नेप्से सूचक २.५६ अंकले बढ्यो
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २.५६ अंकले बढेको छ । योसँगै सूचक २०४३.६२ विन्दुमा आएको छ ।
२ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ४९६ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल २९ वटा कारोबार भएको हो । ६ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
Comments
Related News