केन्याको निर्वाचनमा महिलालाई ठूलो सफलता
काठमाडौं । केन्यालीहरूले यस महिनाको चुनावमा ७ गभर्नरहरू, ३ सिनेटरहरू र २६ सांसदसहित ठूलो संख्यामा महिलाहरू विजयी भएका छन् ।
पछिल्लो निर्वाचन परिणामले लैंगिक समानताको दिशामा महिलाहरू एक कदम अगाडि बढेकाे देखिन्छ ।
पूर्वीअफ्रिकी देश केन्याले महिलाहरूलाई राजनीतिमा ल्याउन लामो समयदेखि संघर्ष गरेको छ । तर, अगस्ट ९ को चुनावले महिला राजनीतिज्ञहरूको लागि एउटा सफलता प्रदान गरेको छ ।
ठूलो जनसंख्या भएको रिफ्ट भ्याली सहर नाकुरुमा, गभर्नर, सिनेटर र महिला प्रतिनिधिसहित ८ पदमा महिला उम्मेदवारहरू निर्वाचित भएका छन् ।
Comments
Related News