माओवादी केन्द्रले पदाधिकारीको नाम विहिबारसम्म टुंग्याउने
काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारीको नाम विहिबारसम्म टुंग्याउने भएको छ ।
बुधबार बसेको स्थायी कमिटी बैठकले विहिबारसम्म पदाधिकारी टुंगो लगाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रवक्ता महराले भने, ‘केन्द्रीय समिति, पोलिटब्यूरो र पदाधिकारीको छलफल आज लगभग सकिएको छ । भोलि बिहान ८ बजेसम्ममा सबै टुंगिन्छ ।’
माओवादी केन्द्रले महाधिवेशन सकिएको लामो समय बितेपनि पदाधिकारीको टुंगो लगाउन सकेको थिएन ।
Comments
Related News