नागरिकता विधेयकमा सत्ता गठबन्धनले राष्ट्रघात गर्यो- कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपतिद्वारा पुनर्विचारको लागि फिर्ता पठाईएको नागरिकता विधेयक जस्ताको तस्तै पारित गरेर सत्ता गठबन्धनले राष्ट्रघात गरेको टिप्पणी गरेका छन् ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई पुनर्विचार गर्न भन्दै साउन २९ गते प्रतिनिधि सभामा फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै बिहीबार प्रतिनिधि सभामा बहुमतले पारित भएपछि थापाले यस्तो टिप्पणी गरेका हुन् ।
थापाले राष्ट्रपतिद्वारा उठाइएका गंभीर प्रश्नहरुको उपेक्षागरेर जस्ताको तस्तै प्रतिनिधिसभाले पारित गर्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्-
राष्ट्रपतिद्वारा पुनर्विचारको लागि फिर्ता पठाईएको नागरिकता विधेयकमा राष्ट्रपतिद्वारा उठाइएका गंभीर प्रश्नहरुको उपेक्षागरेर जस्ताको तस्तै प्रतिनिधिसभाले पारित गर्नु दुर्भाग्यपूर्ण छ । विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिनसकिने व्यवस्था कायम गरेर सत्ता गठबन्धनले राष्ट्रघात गरेको छ ।