हर्क र बालेनलाई दीपकराज गिरीको व्यंग्य- लठ्ठि जुधाएरै भॉच्यौ भने के टेक्छौ के बजाउछौ ?
काठमाडौँ । कलाकार दीपकराज गिरीले काठमाडौँ महानगर र धरान उपमहानगरका मेयरको सामाजिक सञ्जालमा जारी घोचपेचप्रति व्यंग्य गरेका छन् ।
अभिनेता गिरीले लठ्ठि जुधाएरै भॉच्यौ भने के टेक्छौ के बजाउछौ ? भन्दै व्यंग्य गरेका हुन् । उनले लठ्ठि टेक्ने हो ! आपत पर्दा बजाउने पनि हो !! लठ्ठि जुधाएरै भॉच्यौ भने के टेक्छौ के बजाउछौ ? भन्दै दुवैलाई घोचपेच नगर्न सल्लाह दिएका छन् ।
केहि दिनअघि धरानका मेयर हर्क साम्पाङ काठमाडौँ आएपछि यहाँको फोहोरप्रति कटाक्ष गर्न शुरु गरेका थिए । उनले यस क्रममा काठमाडौँका मेयर बालेन शाहलाई पनि फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै सामाजिक सञ्जालमार्फत लगातार प्रहार गरिरहेका छन् । त्यति साम्पाङको एक स्ट्याटसमा बालेनले कमेन्ट गर्दै उनकै चुनाव चिन्ह लिएर आफुले जितेको व्यंग्य गरेपछि यो विषय सामाजिक संजाल र मिडियामा तरंगित बनिरहेको छ ।
काठमाडौँबाट धरान फर्किसकेका साम्पाङले काठमाडौँको फोहोर नउठेसम्म आफ्नो प्रहार नरोकिने पनि बताएका छन् ।