• Trending:

संयुक्त राष्ट्रले तालिबान अधिकारीमाथिको यात्रा प्रतिबन्ध छुट अन्त्य गर्ने

संयुक्त राष्ट्रले तालिबान अधिकारीमाथिको यात्रा प्रतिबन्ध छुट अन्त्य गर्ने

Economist Nepal

Sat, Bhadra 4 2079

संयुक्त राष्ट्रले तालिबान अधिकारीमाथिको यात्रा प्रतिबन्ध छुट अन्त्य गर्ने


संयुक्त राष्ट्रले तालिबान अधिकारीमाथिको यात्रा प्रतिबन्ध छुट अन्त्य गर्ने



kharibot

काबुल । संयुक्त राष्ट्रले शुक्रबार १३ तालिबान अधिकारीहरूलाई यात्रा प्रतिबन्ध छुट अन्त्य गर्ने तयारी गरेको छ ।

सन् २०११ को संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावअन्तर्गत १३५ तालिबान अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो, जसमा सम्पत्ति रोक्का र यात्रा प्रतिबन्धहरू समावेश छन् । तर तीमध्ये १३ जनालाई विदेशमा अन्य देशका अधिकारीहरूसँग भेट्नको लागि यात्रा प्रतिबन्धबाट छुट दिइएको थियो ।

जुनमा १५ सदस्यीय संयुक्त राष्ट्र सुरक्षा परिषद्को अफगानिस्तान प्रतिबन्ध समितिले दुई तालिबान शिक्षा मन्त्रीहरूलाई शासनले महिला अधिकारमा कटौती गरेकोमा छुट सूचीबाट हटाएको थियो । १५ अगस्टमा अफगानिस्तानको सत्तापलट गरेको तालिबानमाथि महिलाका अधिकार कटौती गरेको आरोप लाग्दै आएको छ ।

सत्ता कब्जा गरेपछि तालिबानले बालिकाहरुलाई लामोसमयसम्म विद्यालय जान प्रतिबन्ध लगाएको थियो ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.