• Trending:

पुटिनका सहयोगी डुगिनलाई निशाना बनाएको आक्रमणमा उनकी छोरीको मृत्यु

पुटिनका सहयोगी डुगिनलाई निशाना बनाएको आक्रमणमा उनकी छोरीको मृत्यु

Economist Nepal

Sun, Bhadra 5 2079

पुटिनका सहयोगी डुगिनलाई निशाना बनाएको आक्रमणमा उनकी छोरीको मृत्यु


पुटिनका सहयोगी डुगिनलाई निशाना बनाएको आक्रमणमा उनकी छोरीको मृत्यु



kharibot

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी अलेक्जेन्डर डुगिनकी छोरी डारिया डुगिनको हत्या भएको थियो । मिडिया रिपोर्टका अनुसार मस्कोमा कार बम विस्फोटमा उनको मृत्यु भएको थियो ।

आक्रमणकारीको निशाना डारिया डुगिनका बुबा अलेक्जेन्डर भएपनि यस घटनामा उनकी छोरी मारिएकी छन् । अलेक्जेन्डरलाई पुटिनको अत्यन्त निकट सहयोगी मानिन्छ ।

अलेक्ज्याण्डर डुगिन र उनकी छोरी डारिया डुगिन युक्रेन आक्रमण पछि बेलायतले प्रतिबन्धित रूसीहरू मध्ये थिए ।

डारियालाई एक रहस्यमय लेखकको रूपमा चिनिन्छ ।

६० वर्षीय अलेक्जेन्डर डुगिन रुसी राजनीतिक दार्शनिक र विश्लेषक हुन् । उनी क्राइमिया र युक्रेनमा भएको आक्रमणको मास्टरमाइन्ड रहेको बताइएको छ । सन् २०१५ मा अमेरिकाले डुगिनलाई प्रतिबन्ध लगाएको थियो । यसबाहेक, क्रिमियालाई गाभेको विरोधमा केही युरोपेली देशहरूले पनि उनीहरूमाथि प्रतिबन्ध लगाएका थिए ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.