अलबिदा प्रदीप गिरी (फोटो फिचर)
काठमाडौँ । नेपाली कांग्रेसका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रम जारी रहेको छ । गिरीको पार्थिव शरीरलाई केहीबेर अघि मात्र मेडीसिटी अस्पतालबाट केहीबेरअघि पार्टी कार्यालय पुर्याइएको हो ।
सभापति देउवासहित वरिष्ठ नेता रामचन्द पौडेलले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको गिरीको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाएर उनीप्रति श्रद्धाञ्जली र सम्मान अपर्ण गरेका हुन् ।
नेपाली राजनीतिमा प्रखर वक्ताका रुपमा स्थापित गिरीको उपचारका क्रममा गएराति निधन भएको थियो । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र शुभेच्छुकको घुइँचो लागेको छ ।
यस अघि मेडीसिटी अस्पताल पुगेर विभन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताका साथै समाजका अन्य विशिष्ट व्यक्तिहरुले गिरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
स्वर्गीय गिरीको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिदै छ ।