• Trending:

ङादी ग्रुप पावरको हकप्रद सेयरमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?

ङादी ग्रुप पावरको हकप्रद सेयरमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?

Economist Nepal

Sun, Bhadra 5 2079

ङादी ग्रुप पावरको हकप्रद सेयरमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?


ङादी ग्रुप पावरको हकप्रद सेयरमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?



kharibot

काठमाडौं  । ङादी ग्रुप पावरको साउन १८ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । तर, अब यसमा आवेदन दिने म्याद आइतबारसहित ३ दिनमात्र रहेको छ । 

कम्पनीका अनुसार यस हकप्रदबमा भदौ ७ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । असार १९ गतेसम्म कायम रहने सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

यस हकप्रदमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौंका साथै सिद्धार्थ बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यस्तै, सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फ अनलाइन आवेदन दिन सकिनेछ । हाल यसको चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि यसको चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.