• Trending:

वरुण हाइड्रोपावरको आजदेखि हकप्रद सेयर बिक्री खुला

वरुण हाइड्रोपावरको आजदेखि हकप्रद सेयर बिक्री खुला

Economist Nepal

Mon, Bhadra 6 2079

वरुण हाइड्रोपावरको आजदेखि हकप्रद सेयर बिक्री खुला


वरुण हाइड्रोपावरको आजदेखि हकप्रद सेयर बिक्री खुला



kharibot

काठमाडौं । वरुण हाइड्रोपावर कम्पनीले आज (भदौ ६ गते) देखि एक एक अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

वरुणले हकप्रद सेयर बिक्रीका लागि साउन २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, १ साउनसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

वरुणको हकप्रद सेयरमा भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ ।

हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.