• Trending:

बेपत्ता र सत्य निरुपण आयोग विधेयक संसदमा पेस

बेपत्ता र सत्य निरुपण आयोग विधेयक संसदमा पेस

Economist Nepal

Tue, Bhadra 7 2079

बेपत्ता र सत्य निरुपण आयोग विधेयक संसदमा पेस


बेपत्ता र सत्य निरुपण आयोग विधेयक संसदमा पेस



kharibot

काठमाडौं । संसदमा  ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरिएको छ । 

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा कानुन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।  दुवै आयोगको कार्यावधि सकिन लागेको बेला सरकारले उक्त विधेयक संसदमा प्रस्तुत गरेको हो ।

उक्त विधेयक प्रस्तुत गर्नुअघि बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई अस्वीकृत गरेको थियो । 

प्रतिनिधिसभाको अर्को बैठक १३ भदौ सोमबार बिहान ११ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

 

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.