नेपाली क्रिकेट टिमको भिसा समस्या, पुरै टिम कहिले पुग्छ केन्या ?
काठमाडौँ । केन्याविरूद्धको टी-२० र एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टिम भिसा समस्याका कारण एकैपटक केन्या जान पाएको छैन ।
सोमबार ११ खेलाडी केन्यातर्फ गएपनि सोमपाल कामी, विवेक यादव, आदिल अन्सारी, बसिर अहमद र साहब आलमको भिसा नआएपछि उनीहरु टिमसँग केन्या जान पाएनन् ।
क्यान स्रोतका अन्सुअर म्यानेजर सुनिल महासेठ र ट्रेनर अब्दुल सतार पनि भिसा नआएपछि केन्या जानबाट रोकिएका छन् ।
सोमपाल र विवेकसँगै म्यानेजर महासेठको पनि भिसा आएकोले उनीहरु सम्भवत आज केन्यातर्फ जान लागेको बताइएको छ ।
त्यस्तै खेलाडी बसिर अहमद, आदिल अन्सारी र साहब आलम तथा ट्रेनर अब्दुल सतार कहिले केन्या जान्छन् भन्ने अझै निश्चित रहेको छैन ।
क्यानले केन्याको भिसाका लागि अनलाइन फारम भर्दा समस्या आएको भएको छ । तर के कारणले समस्या आएको हो भन्ने बारे स्पष्ट जवाफ क्यानले दिएको छैन ।
नेपाल र केन्याबीचको सिरिज भोलिदेखि हुँदैछ। विहिबारदेखि पाँच खेलको टी–२० सिरिज शुरु हुदै छ । टी-२० सिरिजपछि तीन खेलको एकदिवसीय सिरिज हुनेछ ।